नियम ३१
धितोपत्र कारोबार गर्ने संगठित संस्थाको पूँजी सम्बन्धी व्यवस्था

(१) धितोपत्र व्यवसायीको रूपमा दर्ता हुन चाहने संगठित संस्थाको अधिकृत पूँजी तथा चुक्ता पूँजी अनुसूची –१४ मा तोकिए बमोजिम हुनु पर्नेछ ।
(२) एक भन्दा बढी धितोपत्र कारोबार सम्बन्धी काम गर्न चाहने संगठित संस्थाको हकमा छुट्टाछुट्टै कामका लागि बोर्डले तोकिदिए बमोजिमको चुक्ता पूँजी हुनु पर्नेछ ।